एनपीएलको टिकट दोस्रो पटक ‘सोल्ड आउट’, शनिबार घरमै बसेर हेर्नुपर्ने « Eglish Khabarhub

एनपीएलको टिकट दोस्रो पटक ‘सोल्ड आउट’, शनिबार घरमै बसेर हेर्नुपर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलको टिकट सोल्ड आउट भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार दुई चर्चित टोली कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको खेल रहेको छ । प्रतियोगिताको उद्घाटन खेल पछि सातौं दिनको खेलमा पुग्दा दोस्रो पटक एनपीएलको टिकट सोल्ड आउट भएको हो ।

त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १२ हजार जनाको रहेको छ । शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णालीसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिमले पोखरासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको साधारणतर्फको टिकटको मूल्य ३०० रूपैयाँ छ भने भीआईपीमा बसेर हेर्न चाहनेले प्रतिव्यक्ति ५०० रूपैयाँ तिर्नुपर्नेछ ।

Publish on: