२९ मंसिर २०८२, आइतबार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक अधिकारी बिहानैदेखि अख्तियारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् ।

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको आइतबार बिहान साढे ९ बजेदेखि अख्तियारमा बयान भइरहेको स्रोतको भनाइ छ ।

गत शुक्रबार अख्तियारले प्राधिकरण पुगेर पोखरा विमानस्थलको सबै कागजात लगेको थियो ।

प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश पर्यटन विकास रणनीति’ कार्यक्रममा सहभागी हुन धनगढी जाने कार्यक्रम भए पनि ‘विशेष काम’ भएको भन्दै अधिकारीले उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई पठाएर काठमाडौं बसेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, संस्कृति पर्यटन मन्त्रालयका सचिव गणेश पाण्डे लगायत उच्च अधिकारीहरु सहभागी छन् ।