१ पुस २०८२, मंगलबार

मिथिला लघुवित्तको लाभांश घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

मंसिर २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।