![](https://internal.appharu.com/wp-content/uploads/2021/07/HIDCL_Photo_9cqO6vv5ny.jpg)
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव सरकारले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस २४ गते बार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-23-673x768.png)
SHARE YOUR THOUGHTS