![](https://internal.appharu.com/wp-content/uploads/2017/01/standard-charterd-bank_Nepal.jpg)
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको ठूला सेयरधनीमा ७ व्यक्ति तथा कम्पनी रहेका छन् ।
२०८१ असार मसान्तसम्म बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व स्टयान्डर्ड चार्टर्ड ग्रिनलेज प्रालिको ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता अर्थात ४६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको २३.४० प्रतिशत अर्थात २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर रहेको छ । बैंकका ठूला सेयरधनीमा बाँकी ५ जना व्यक्ति भने नेपाली रहेका छन् ।
बैंकमा सशि अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात ०.७० प्रतिशत, प्रियंका अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात ०.७० प्रतिशत, कमला आग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात ०.७० प्रतिशत, अभिनाश अग्रवाला ६ लाख ६० हजार ८३६ कित्ता अर्थात ०.७० प्रतिशत र शंकरलाल अग्रवालको ६ लाख २० हजार ८९ कित्ता अर्थात ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
SHARE YOUR THOUGHTS