ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिए, १८ व्यक्ति तथा कम्पनीको स्वामित्व कति ? « Eglish Khabarhub

ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिए, १८ व्यक्ति तथा कम्पनीको स्वामित्व कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कमपनी रहेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकमा ठूला १८ सेयरधनी रहेका छन् भने २ ठूला सेयरधनी बैंकबाट बाहिरिएका छन् । एक ठूला सेयरधनी भने थपिएका छन् । थपिएका सहित १८ व्यक्ति तथा संस्था रहेका छन् ।

बैंकका अनुसार बैंकबाट मंगल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बर बहादुर मल्ल बाहिरिएका छन् । मंगल कलशको बैंकमा ४४ लाख ३० हजार ५४ कित्ता अर्थात १.२४ प्रतिशत सेयर स्वामित्व रहेको थियो । यस्तै डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको थियो । दुवैले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् ।

बैंकका नयाँ ठूला लगानीकर्ताको रुपमा गौरी श्रेष्ठको ‘इन्ट्रि’ भएको छ । श्रेष्ठको नाममा बैंकको २० लाख ५८ हजार ९३२ कित्ता अर्थात ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता अर्थात ४.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै आइएमई होल्डिङ्स प्रालिको १ करोड ३८ हजार २२७ कित्ता अर्थात २.७८ प्रतिशत, आएइमई इन्भेष्टमेन्ट प्रालिको ९० लाख ५६ हजार ७५ कित्ता अर्थात २.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा सुमित कुमार अग्रवालको ६५ लाख ८१ हजार ४८८ कित्ता अर्थात १.८२ प्रतिशत, बिष्णु प्रसाद न्यौपाने सेयर स्वामित्व रहेको छ ।

बैंकमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको ४१ लख ६३ हजार ५३४ कित्ता अर्थात १.१५ प्रतिशत, उत्तम कुमार नेपालको ३३ लाख ६२ हजार ९७४ कित्ता अर्थात ०.९३ प्रतिशत, नागरिक लगानी कोषको ३३ लाख १८ हजार ६४८ कित्ता अर्थात ०.९२ प्रतिशत, रण बहादुर शाहको २८ लाख ३२ हजार १८७ कित्ता अर्थात ०.७८ कित्ता, निमिष इन्भेष्टमेन्ट प्रालिको २६ लाख ८२ हजार ३२१ कित्ता अर्थात ०.७४ प्रतिशत, होमल्याण्ड डेभलपर्सको २६ लाख २७ हजार ८३९ कित्ता अर्थात ०.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै हेमराज ढकालको २४ लाख २६ हजार ३४७ कित्ता अर्थात ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको २२ लाख ९५ हजार ५६९ कित्ता अर्थात ०.६४ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको २२ लाख ४१ हजार ९५८ कित्ता अर्थात ०.६२ प्रतिशत, रिता मल्लको २० लाख १७ हजार ८१७ कित्ता अर्थात ०.५६ प्रतिशत, शारदा देवीको १८ लाख ९७ हजार ६८१ कित्ता अर्थात ०.५३ प्रतिशत र सन्दीप अग्रवालको १८ लाख ७१ हजार ७६८ कित्ता अर्थात ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Publish on: