![](https://internal.appharu.com/wp-content/uploads/2024/12/lumbini-2-768x512.jpg)
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो ।
कर्णालीका लागि विलियम बोसिस्टो र अर्जुन घर्तीले पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले २५ रन बनाए । त्यस्तै विलियमले ४४ रनको योगदान गरे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
लुम्बिनीका विकाश आग्रीले सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रोमन, साद बिन जाफर र रोहितकुमार पौडेलको नाममा समान एक विकेट लिए ।
SHARE YOUR THOUGHTS