क्षेत्रीय संगठनहरूको भूमिका विकासका लागि अनिवार्य: भवानी राणा « Eglish Khabarhub

क्षेत्रीय संगठनहरूको भूमिका विकासका लागि अनिवार्य: भवानी राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले क्षेत्रीय संगठनहरूको माध्यमहरुबाट व्यापार, सम्पर्क, र दिगो विकासलाई प्रवर्द्धन गर्न सकिने बताएकी छन् ।

शनिबार सम्पन्न कार्यक्रममा राणाले बिमिस्टेक, आसियना, आईओआरए, बीबीआईएन, र सीएसी जस्ता क्षेत्रीय संरचनाहरूको माध्यमबाट व्यापार, सम्पर्क, र दिगो विकासलाई प्रवर्द्धन गर्ने सम्भावनामा उनले जोड दिएकी हुन् ।

नेपालले क्षेत्रीय एकीकृत बजार र पूर्वी एसियासँगको सम्पर्क विस्तारलाई महत्व दिएको भएको भन्दै उनले नेपालका लागि भारतको पूर्वी राज्यहरूसँगका सम्पर्कहरू समुद्री बन्दरगाहको पहुँच र आपूर्ति शृङ्खलालाई सबल बनाउन अनिवार्य रहेको बताइन् ।

दक्षिण एशिया विश्वको कम-एकीकृत क्षेत्र रहेको भन्दै, राणाले यस क्षेत्रको व्यापार ५ प्रतिशतभन्दा कम रहेको तथ्यलाई उजागर गरिन् । यसका लागि भौतिक पूर्वाधारको कमी, व्यापारमा व्यवधान, र राजनीतिक इच्छाशक्तिको अभावलाई मुख्य कारणका रूपमा उनले औंल्याइन् ।

भारत नेपालका लागि प्रमुख व्यापार साझेदार, पर्यटक स्रोत, र लगानीको आधार भएको राणाले स्मरण गराराइन्। खुला सिमानाको फाइदा उठाउँदै, दुवै देशका व्यापार र पर्यटनका सम्भावनाहरूलाई थप प्रोत्साहन दिन उनले जोड दिइन् ।

बिमिस्टेक र आसियना देशहरूसँग उर्जा निर्यातका लागि पनि नेपालले रणनीति निर्माण गर्नुपर्नेमा राणाको जोड छ ।

राणाले आसियाना, मर्कोसुर र अफ्रिकी फ्री ट्रेड एरियाजस्ता संरचनाहरूको सफलताबाट पाठ सिकेर क्षेत्रीय सहयोगको विकास गर्नुपर्नेमा जोड दिइन् ।

‘हामी सबैको सफलता अलगावमा होइन, सहयोगमा छ,’ भन्दै राणाले क्षेत्रीय संस्थाहरूको भूमिका विकासका लागि अनिवार्य रहेको बताइन् ।

Publish on: