माउन्टेन इनर्जीले १ करोड ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको ११८ औं बैठकले चुक्ता पुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर जार गर्ने निर्णय गरेको  हो।

१ करोड ३० लाख १३ हजार कित्ता जारी गर्ने निर्णय भएको छ । कम्पनीको २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी छ । 

कम्पनीले गत वर्षको मुनाफाबाट बोनस वितरण पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गरी गर्न लागेको हो।

उक्त हकप्रद जारी गर्नका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएपछि आगामी साधरण सभामा पेस गरिनेछ । साधारणसभाले निर्णय गरेपछि हकप्रद सेयर जारी हुनेछ ।