कुलमानको लोडसेडिङ घोषणाले थला पर्दै उद्योग: पूर्वका उद्योगी भन्छन्- तालाचाबी बुझाउँछौं « Eglish Khabarhub

कुलमानको लोडसेडिङ घोषणाले थला पर्दै उद्योग: पूर्वका उद्योगी भन्छन्- तालाचाबी बुझाउँछौं


२ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमा लोडसेडिङ घोषणा गर्दै साँझको पीक समयमा उद्योगको लाइन काट्ने घोषणा गरेको छ ।

 अघोषित लोडसेडिङ खेपेका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले थप लोडसेडिङ भए उद्योग नै थला पर्ने बताएका छन्। नियमित रुपमा अघोषित लोडसेडिङको मार भोग्दै आएका यस क्षेत्रका उद्योगीले थप लोडसेडिङ भए मजदुरलाई बिदा गरेर उद्योगको ताला चाबी सरकारलाई बुझाउनुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

विद्युत उत्पादन हुने पीक समयमा पनि यो औद्योगिक क्षेत्रका ठूला उद्योगले दैनिक ४ घण्टा र सानाले दैनिक २ घण्टा अघोषित लोडसेडिङको माग भोग्दै आएका छन्  ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्राधिकरणले तालिका नै बनाएर उद्योगमा साँझ र बिहान विद्युत आपूर्ति बन्द गर्नु भनेको औद्योगिक क्षेत्र थलै पर्नु हो ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा हरेक दिन बिहान बेलुका अघोषित लोडसेडिङ छदै छ । त्यसबाहेक उद्योगमा विद्युत झ्याप झ्याप जाने आउने क्रमले उद्योग थला परेका छन् । सुरानाले भने, ‘अब प्राधिकरणले तालिकै बनाएर विद्युत आपूर्ति बन्द गर्दा उद्योग झन थलिने पक्का छ ।’

तोकिएको तालिकाभन्दा बाहिरको समयमा विद्युत आपूर्ति नियमित हुने हो भने उद्योग जेनतेन चल्छन् । उनले भने, ‘तालिकामा पनि विद्युत आपूर्ति नहुने र अन्य समयमा पनि झ्याप झ्याप हुने हो भने मजदुरलाई बिदा दिएर उद्योगको तालाचाबी सरकारलाई बुझाउनुको विकल्प रहँदैन ।’

यो औद्योगिक करिडोरका ठूला उद्योगमा विगतदेखि नै बिहान र बेलुका दुई/दुई घण्टा र साना उद्योगमा विहान वेलुका एक/एक घण्टा अघोषित लोडसेडिङ नियमित रहँदा हरेक उद्योगले क्षमता अनुसारको उत्पादन गर्न नसकेको उद्योगीहरुको गुनासो छ ।

विद्युत उत्पादनको पीक समयमा विद्युत निकासी गर्न सक्ने प्राधिकरणले सुक्खायाममा आयात पनि गर्नसक्नु पर्छ । सुरानका अनुसार आफूलाई विद्युत बढी हुँदा विदेशमा बिक्री गर्ने अनि आफूलाई अभाव हुँदा आयात गर्न नसक्ने प्राधिकरणको कार्य क्षमता आफैंमा अनौठो छ । आफुलाई बढी हुँदा बिक्री गर्नेले अभावमा आयात गरेर लोडसेडिङलाई रोक्नु पर्ने सुरानाको सुझाव दिए ।

प्राधिकरणले हिउँदयाम सुरु भएसँगै खोला नदीमा पानीको सतह घट्दा देश भित्रका नदीको प्रवाह जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाई घट्ने र पीक समयमा आन्तरिक माग धान्न भारतबाट आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत कटौती गर्नुपर्ने स्थिति आएको औंल्याएको छ ।

यो औद्योगिक क्षेत्रमा विद्युत प्राधिकरणले साता अघिदेखि दैनिक ८ घण्टासम्म अघोषित लोडसेडिङ सुरु गरेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको गुनासो छ ।

साताअघि ठूला उद्योगमा दैनिक चार घण्टा र साना उद्योगमा दुई घण्टा अघोषित लोडसेडिङ थियो । अहिले सबै उद्योगमा बिहान र साँझ चार/चार घण्टा विद्युत कटौती हुँदा उद्योगले क्षमताको आधामात्र उत्पादन गर्दै आएका छन् । राठीका अनुसार अब सेड्युल नै बनाएर विद्युत आपूर्ति कटौती गर्ने हो भने मजदुरलाई बिदा गरेर उद्योगको साँचो सरकारलाई बुझाउनुको विकल्प छैन ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का जसरी भए पनि भारतबाट विद्युत आयात गरेर स्वदेशी मागलाई धान्ने आश्वासन दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको घोषणा गरेका छन् । ‘कसको कुरा पत्याउने कसको नपत्याउन, मन्त्री र कार्यकारी निर्देशकको जुँगाको लडाईमा उद्योगीले मार खेप्नु पर्ने, सुनसरी मोरङ औद्योगिक क्षेत्रमा विद्युत उत्पादनको पीक समयमा समेत अघोषित लोडसेडिङ छदै थियो,’ राठीले भने, ‘अब प्राधिकरणले त्यसलाई बैधता दिएर औद्योगिक क्षेत्रमा आफनो योगदान पुष्टि गर्न खोजेको छ ।’

यो औद्योगिक क्षेत्रमा आधा दर्जन स्टीलका ठूला उद्योग छन् । ती उद्योगले लामो समयदेखि अघोषित लोडसेडिङको मार भोग्दै आएका छन् । विद्युत अभावकै कारण ति उद्योगले उत्पादन क्षमताको आधापनि उत्पादन गर्न पाएका छैनन् ।

कम्तिमा १५ देखि २० मेगावाट विद्युत आवश्यक पर्ने ती स्टील उद्योगलाई विद्युत प्राधिकरणले हरेक दिन विहान ६ देखि ८ र साँझ ६ देखि ८ बजेसम्म औद्योगिक उत्पादन गर्न नभई बत्ती बाल्न र पंखा चलाउन मात्र विद्युत आपूर्ति गर्दै आएको छ । प्रिमियर स्टील उद्योगका सञ्चालक  समेत रहेका राठीले भने अरु बेलापनि आवश्यकता अनुसार विद्युत आपूर्ति नहुँदा र नियमित ट्रिपिङ हुँदा उद्योगले क्षमताको आधापनि उत्पादन गर्न पाएका छैनन् ।

प्रिमियर स्टील उद्योगलाई २० मेगावाट विद्युत आवश्यक पर्छ । तर प्राधिकरणले मुस्किलले ५-७ मेगावाट लो भोल्टेजमा आपूर्ति गर्दै आएको छ । राठीले  विद्युत अभावकै कारण दैनिक ५ सय टन उत्पादन गर्ने क्षमता भएको यो उद्योगले डेढ सय टनमात्र उत्पादन गर्दै आएको छ ।

यो औद्योगिक क्षेत्रमा प्रिमियर स्टील सहित पशुपति आइरन, स्वस्तिक रोलिङ, कमला रोलिङ र हुलास स्टील उद्योग सञ्चालनमा छन् । विद्युत अभावकै कारण ती सबै उद्योगले क्षमताको आधापनि उत्पादन गर्न पाएका छैनन् ।

स्टील उद्योगको एउटा भट्टीमा कम्तीमा २० टन फलाम पगालिन्छ । फलाम पगाल्दै गरेको समयमा विद्युत् आपूर्ति बन्द हुँदा त्यो पग्लिएको फलाम डल्लो बन्छ । राठीका अनुसार  फलाम पुन पलागेर प्रयोग गर्दा प्रति किलो ३२ रुपैयाँ अतिरिक्त खर्च लाग्दा उद्योगको उत्पादन लागत ह्वात्तै बढेर जान्छ ।

पशुपति आइरन, स्वस्तिक रोलिङ, र हुलास स्टिल उद्योगको दैनिक उत्पादन क्षमता तिन तीन सय टन हो । तर ती कुनैपनि उद्योगले विद्युत अभावमा दैनिक सय टन भन्दाबढी उत्पादन गर्न पाएका छैनन् । अर्का सञ्चालक पवनकुमार सारडाले भने औद्योगिक क्षेत्रका स्टील उद्योगले मात्र नभएर अन्य उद्योगले पनि विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ र ट्रिपिङको मार निरन्तर भोग्दै आएका छन् ।

प्राधिकरणले अघोषित रुपमा दैनिक पटक पटक गरेर औद्योगिक क्षेत्रमा ६ घण्टा सम्म लोडसेडिङ र ट्रिपिङ गर्दै आएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका सारडाले भने अनियमित विद्युत आपूर्ति र ट्रिपिङका कारण यो औद्योगिक क्षेत्रमा स्टिल उद्योगले ६० प्रतिशत र अन्य उद्योगले ४० प्रतिशत सम्म उत्पादन कटौती गरिरहेका छन् । 

सुक्खायाममा प्राधिकरणले उद्योगीलाई सामाजिक सञ्जाल मार्फत सूचना दिएर हरेक दिन विहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजे सम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको थियो । करिडोरमा ६ सय भन्दाबढी साना ठुला उद्योग छन् ।

अनियमित विद्युत आपूर्तिले सबैभन्दाबढी फलाम र प्लाष्टिक उद्योग मारमा परेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीको भनाइ छ । उद्योगमा साता पहिला दैनिक ४ घण्टा र यतिवेला पटक पटक गरेर दैनिक  ६ देखि ८ घण्टा अघोषित लोडसेडिङ छ । पटक पटक विद्युत आपूर्ति कटौती हुँदा उत्पादनको प्रक्रियामा रहेको कच्चा पदार्थ रिसाइकल गर्दा एक पटकमा २५ प्रतिशत सम्म उत्पादन लागत बढ्ने गरेको उनको गुनासो छ ।

उद्योग संगठन मोरङको एक अध्ययन अनुसार यो औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको थियो । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक सम्म ट्रिपिङ भएको पाइएको छ ।

सुनसरी‑मोरङ औद्योगिक करिडोर भित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत वितरण हुन्छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आउँदो चैत २ गतेसम्म ढल्केबर-मुजफपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन मार्फत ६ सय मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनवाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावट विद्युत आयात अनुमति दिएको छ । तर पीक समय साँझ ५ बजेदेखि राती ९ बजेसम्म विद्युत आयात गर्न नपाउने जटिल व्यवस्था छ । त्यसैगरी आगामी चैत ३ गतेदेखि असार १६ सम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र विद्युत आयात गर्न पाउने अनुमति दिएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार ००:००  ४ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping