![](https://internal.appharu.com/wp-content/uploads/2017/12/shangrila-bank.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३.६५ प्रतिशत र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Capture-1-647x768.jpg)
SHARE YOUR THOUGHTS