![](https://internal.appharu.com/wp-content/uploads/2024/12/rajan-shing-bhandari-768x408.jpg)
काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ जगतमा विशिष्ट योगदान पुर्याएका राजनसिंह भण्डारीलाई सम्मान गरेको छ ।
बिहीबार साधारण सभामा बैंकर्स संघले पूर्व बैंकर भण्डारीलाई सम्मानित गरेको हो ।
भण्डारी बैंकर्स संघका पूर्वअध्यक्ष, सिटिजन्स बैंकका पूर्वअध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
उनी सिटिजन्स बैंक पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत हुन् । भण्डारीले राष्ट्र बैंकबाट २६ वर्षे सेवापछि अवकास लिएका थिए ।
सम्मान ग्रहण गर्दै भण्डारीले अरू बैंकभन्दा बढी प्रतिफल दिएपछि मात्रै सन्तुष्टी मिल्छ भनेर आफूले १५ प्रतिशत लाभांश बाँडेको स्मरण गरे । ‘अरूले राष्ट्र बैंकका जागिरेलाई बैंकर गन्दैनथे,’ उनले भने,’अरू बैंक भन्दा बढी प्रतिफल दिएपछि मात्रै सन्तुष्ट मिल्छ भनेर १५ प्रतिशत लाभांश बाडेँ । त्यसपछि मात्र म बैंकरका रूपमा चिनिएँ ।’
SHARE YOUR THOUGHTS