२९ मंसिर २०८२, आइतबार

तथ्यांकमा ठीकै देखिए पनि हामी बैंकहरु भित्रबाट बलिया छौंः अध्यक्ष कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले नेपालका बैंक तथा वित्तीय संस्था संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताएका छन् । उनले तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिए पनि वा समस्यै समस्या रहेको बुझाइ भए पनि आधारभुत रुपमा दृढ स्थितिमा रहेको बताएका हुन् ।

बैंकर्स संघको वार्षिक कार्यक्रममा बोल्दै उनले समस्याहरुलाई चिरेर अघि बढ्नु पर्ने स्थिति रहेको पनि जिकिर गरे । नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाको सराहना गर्दै उनले ती व्यवस्था बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको विश्वास गरे ।

उनले भने, ‘दक्षिण एशियामै मजबुद बैंकिङ बनाउन भुमिका खेल्ने राष्ट्र बैंकप्रति हामी आभारी हुनै पर्छ ।’ नेपाली बैंकहरुले हामी विवेकी बैंकिङ गर्दै आएको र अनुपालना तथा सुशासनका आधारमा अब्बल बन्दैै आएको उनको भनाइ छ । ‘हामी अघि बढिरहेका छौं,’ नवनिर्वाचित अध्यक्ष कोइरालाले भने, ‘प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा हामी निकै सबल छौं ।’

उनले अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिबद्धता पनि गरे ।

‘आफ्नो कार्यकालमा सबैको अपेक्षालाई पुरा गर्न प्रतिवद्ध छु,’ उनले भने, ‘नियामक र बैंकिङ क्षेत्रबीच एनबीएमा रहेर पुलको भुमिका निर्वाह गर्नेछु ।’