प्रधानमन्त्री ओलीले ३०० दिनमा फ्लडलाइट जोड्ने घोषणा गरेको १५० दिनपछि टेन्डर आह्वान « Eglish Khabarhub

प्रधानमन्त्री ओलीले ३०० दिनमा फ्लडलाइट जोड्ने घोषणा गरेको १५० दिनपछि टेन्डर आह्वान


५ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली क्रिकेट प्रेमीहरुका लागि एउटा मुख्य आवश्यक्ता मध्यको एक हो, त्रिवि क्रिकेट मैदानमा रात्री कालिन खेल खेल हेर्न पाउने । यसका लागि धेरै पटक नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिष्द (राखेप) लागि परेका छन् । तीन वर्ष पहिला नेपालले आईसीसी विश्वकप लिग–२ को खेल खेल्दै गर्दाबाट नै यसको कार्य सुरु भएको थियो ।

नेपाली खेलकुदमा धेरै चर्चामा आएको क्रिकेट खेलको विकासका लागि भन्दै नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार महिनामा ३०० दिन भित्र त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने योजना भएको बताएका थिए । ओलीको पहिलो क्याबिनेट वैठकले सो निर्णय पनि गरेको थियो ।

उनले निर्णय गरेको १५० दिनपछि टेन्डर आव्हान भएको छ । यो पटक राखेपले यो टेन्डरको विषयमा कुनै संलग्नता जनाएको छैन । नेपाल सरकारबाट अर्थ मन्त्रालय हुँदै सहरी विकास मन्त्रालयसम्म यसको टेन्डर अव्हान भएको हो ।

यसअघि राखेपले ३ पटक टेन्डर आह्वान गरको थियो । ३ पटक टेन्डर रद्द भएको अवस्थामा अब सरकारले नै चासो देखाएपछि अब यो कार्यले पूर्णता पाउने सबैले विश्वास गरेका छन् ।

राखेपका योजना शाखा प्रमुख राजु श्रेष्ठमा अनुसार राखेपले मात्र यसअघि २ वर्षको अन्तरालमा तीन पटक टेन्डर आह्वान गरेको हो ।

‘फ्लड लाइट’ जडानका लागि पहिलो पटक आह्वान गरिएको टेन्डरमा पाँच वटा निर्माण कम्पनीले टेन्डर बुझाएका थिए । तर, त्यतिबेला आवश्यक मापदण्ड पुरा हुन नसकेका कारण पाँच वटै कम्पनी अनुत्तीर्ण भएका थिए ।

त्यसपछि पुनः नयाँ टेन्डर आह्वान गरिएको थियो । त्यसमा चार वटा निर्माण कम्पनीले टेन्डर भरेका थिए । दोस्रो पटक टेन्डर बुझाउने निर्माण कम्पनीमा एमएसआईपीएल–एएससी पावर जेभी, सूर्योदय ऊर्जा– बुद्धिराज इलेक्ट्रिक्स जेभी, पशुपति रोयल जेभी र इन्फा कार्की बन्धु जेभी रहेका थिए ।

तेस्रो पटक भएको टेन्डरमा पनि उजुरी परेको थियो ।

अहिले ओली सरकारको ३०० दिनमा मैदान बनाउने योजनाअनुसार टेन्डर आह्वान भएको हो ।

विवादका कारण फ्लड लाइट जडान प्रक्रिया अन्योलमै अब नेपाल सरकार अघि सरेको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले यो पटक सरकार नै अघि सरेको हुनाले काम हुने विश्वास व्यक्त गरे ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा आलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु ।’

क्रिकेट हाम्रो युवा समाजको प्राण हो भन्दै प्रधानमन्त्री ओलीले क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको बताएकाछन् । यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै क्यान सचिव पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गरेको उनको भनाइ छ ।

त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै ‘विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं’ भन्ने सल्लाह दिएका थिए । जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको र प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ भएको बताएका छन् ।

साथै उनले रंगशालाको डिजाइन पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार ००:००  ११ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping