![](https://internal.appharu.com/wp-content/uploads/2018/07/Lumbini-Bikash-Bank.jpg)
काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-45-671x768.png)
SHARE YOUR THOUGHTS