![](https://internal.appharu.com/wp-content/uploads/2024/12/SM-Dental-and-Skin-Care-1-768x494.png)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको लाजिम्पाटमा रहेको एस एम डेन्टल एण्ड स्किन केयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस एम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ ।
बैंकले ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS