२८ मंसिर २०८२, शनिबार

रिहा भएपछि दुर्गा प्रसाईंले भनेः प्रहरीको पनि छुट्टै पिडा रहेछ, मैले बुझें, नङ-मासुको सम्बन्ध बन्यो

तस्करहरूविरूद्धको लडाइँ जारी रहने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी हिरासतबाट रिहा भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तस्करहरुविरुद्धको आफ्नो लडाइँ जारी रहने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसँगै छुटेका प्रसाईंले दुर्गा प्रसाईं नभाग्ने र लडाइँ जारी राख्ने बताएका हुन् ।

‘तस्करहरुविरुद्धको लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली सर्बहारा भुइँमान्छेको बोली हो, उत्पिडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नुपर्ने बोली बोलेको छु,’ उनले भने । १ महिना १ दिनको हिरासतबाट मुक्त भए पछि प्रसाईंले अदालतले आफूलाई न्याय दिएको बताउँदै प्रहरीबाट परिवारको झैं व्यवहार गरेको बताए ।

सीआईबी परिवार र साइबर ब्युरोले राम्रो व्यवहार गर्यो, उहाँहरुलाई धन्यवाद,’ प्रसाईंले भने, ‘पुलिस कस्टडीमा बस्दा उहाँहरुको व्यवहार नराम्रो भएन । उहाँहरुसँग नङ मासुको सम्बन्ध भयो, किनकी उहाँहरुको पनि पिडा रहेछ मैले बुझें ।’ उनले आफू निराश वा मलिन नभएको तर गलेको बताए ।

‘मेरो मुखको घाउ बल्झिएको छ । निराश छैन, खुसी छु । क्यान्सर सर्भाइभर मान्छे हुँ,’ उनले भने, ‘मुखमा पिडा छ, नाकमुखबाट रगत गयो ।’

हावा हुण्डरी आउने बेला वा समुन्द्रमा छाल आउने बेला समुन्द्र शान्त भएझैं हालको स्थिति छाल आउने बेला भएको बताए । ‘छाल आउँछ, अब अघि बढ्छ,’ उनले भने ।