![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश भएको छ ।
कम्पनीले यसअघि सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन भएको हो । अब कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.९६ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.९६ नगद लाभांश रहेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/image-47-657x768.png)
SHARE YOUR THOUGHTS