![](https://internal.appharu.com/wp-content/uploads/2017/02/himalayan-bank.jpg)
काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैंकले सेयरधनीलाई लाभांश नदिने भएपनि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न सेयर प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसका लागि असोज १५ गते एफपीओ निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको जनाएको छ । बैंकले असोज २९ गते बार्षिक साधारणभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
SHARE YOUR THOUGHTS