सेयर बजारमा उछाल, लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा « Eglish Khabarhub

सेयर बजारमा उछाल, लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बजार २८.९१ अंकले बढेर परिसूचक २६१२.२० बिन्दु कायम भएको छ । बजारमा उल्लेख्य सुधार हुँदा परिसूचकले २६ सय बिन्दु पार गरेको छ ।

यो दिन ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ११.७१, विकास बैंक ६१.५७, वित्त ५१.२५, होटल २८.०७, जलविद्युत ९०.८६, जीवन बिमा ९१.४६, उत्पादन तथा प्रशोधन १६७.७७, माइक्रोफाइनान्स ३९.१९, निर्जीबन बिमा १४.३५, अन्य समूहको उपसूचक १२.११ अंकले बढेको छ । कारोबारमा जलविद्युत र उत्पादनमुलक कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, सु्पर मादी हाइड्रोपावर, बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । फाइनान्सको १८ करोड ८४ लाख ६६ हजार ३३५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनी रहेका छन् ।

Publish on: