काभा यु २० को रजत पदक विजेता नेपाली भलिबल टोलीलाई केडिया ग्रुपको सम्मान « Eglish Khabarhub

काभा यु २० को रजत पदक विजेता नेपाली भलिबल टोलीलाई केडिया ग्रुपको सम्मान



काठमाडौं । केडिया ग्रुपले काभा यु २० भलिबल प्रतियोगिताको रजत पदक विजेता टोलीलाई सम्मान गरेको छ ।

नेपाल भलिबल लिगको लोगो सर्वजनिक अवसर पारेर केडियाले टोलीलाई नगद र प्रसंशा पत्रसहित सम्मान गर्यो ।

टोलीलाई केडिया ग्रुपका अध्यक्ष विमल केडिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्यसिचव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगातयतले खादा ओढाएर सम्मान गरे ।

गत असोजमा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित भएको थियो ।

Publish on: