दिपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने, अध्यक्ष भन्छन्: सानो कुरामा के अल्झिनु भनेर तिर्‍यौं « Eglish Khabarhub

दिपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने, अध्यक्ष भन्छन्: सानो कुरामा के अल्झिनु भनेर तिर्‍यौं


१० पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो ।

‘एनपीएलमा उत्कृष्ट खेलाडी भएका दिपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने‘ शीर्षकमा क्लिकमान्डुमा समाचार प्रकाशित भएपछि शारडा ग्रुपले कर तिरिदिने भएको हो ।

दिपेन्द्र सर्वात्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक हो ।

कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ । शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरुले नै कर दिने बताएका छन् ।

‘दिपेन्द्रलाई हामीले ६२ लाखको कार दियौं । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाखमा चित्त किन सानो बनाउनु भनेर कर तिरिदिने निर्णय गरेका हौं,’ शारडाले भने । आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् ।

बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार प्रदान गरेको छ ।

दिपेन्द्रले पाएको आयकर ऐनको दफा ८८ ‘क’ अनुसार कार पुरस्कारमा आकस्मिक लाभ कर तिर्नु पर्नेछ । ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ ।

यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु अवस्था थियो । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार ००:००  १ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping