काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न समिति बनाएको हो ।
समितिमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजक रहनेछन् । यसैगरी अर्थ सचिव र विज्ञ सदस्यको रुपमा ज्योतिचन्द्र ओझा रहनेछन् ।
निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारको मुद्दा परेपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष पद रिक्त छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध अख्तियार दुरूपयोग आयोगले विशेष अदालतमा किर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका हुन् ।
हाल अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहालले सम्हालिरहेका छन् ।
SHARE YOUR THOUGHTS