बाढीले क्षतिग्रस्त १६ पुल निर्माण गर्न साढे २ अर्ब लाग्ने « Eglish Khabarhub

बाढीले क्षतिग्रस्त १६ पुल निर्माण गर्न साढे २ अर्ब लाग्ने

विपी राजमार्गमै ३ पुलको लागि १ अर्ब आवश्यक


१५ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । गत असोज दोस्रो साता परेको अविरल बर्षासँगै आएको बाढीका कारण क्षति ग्रस्त भएको देशभरको १६ महत्वपूर्ण पुल निर्माण गर्न साढे २ अर्बभन्दा बढी रकम लाग्ने भएको छ ।

सडक विभागअन्तर्गतको पुल विभागले अध्ययन गरी तयार पारेको प्रारम्भिक लागत अनुमानअनुसार क्षतिग्रस्त पुलको पुनर्निर्माण गर्न न्यूनतम साढे २ अर्बभन्दा बढी बजेट चाहिने भएको छ ।

‘तर यो अंक अहिले प्रारम्भिक अनुमान मात्रै हो,’ पुल विभागका सिनियर डिभिजनल इन्जिनियर अमित बर्माले भने, ‘विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) र डिजाइन भएपछि बास्तविक लागत खर्च अझै बढ्ने सम्भावना छ ।’

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार बाढी पहिरोका कारण सबैभन्दा बढी भौतिक पूर्वाधार संरचनातर्फ क्षति भएको थियो ।

प्राधिकरणको प्रतिवेदन अनुसार भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख ३५ हजार रुपैयाँबरावरको क्षति भएको थियो।

जसमध्ये विभिन्न महत्वपूर्ण राजमार्गअन्तर्गत १ अर्ब ४ करोड २० लाख रुपैयाँबराबरको ४४ वटा विभिन्न पुलहरु क्षतिग्रस्त भएको थियो ।

यस्तै बाढी पहिरोका कारण देशभरको सडकमध्ये ४१ वटा सडक खण्डमा क्षति पुगेको थियो । यस्ता सडक पुनः निर्माण गर्न कम्तिमा २७ अर्ब ९८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा क्षतिग्रस्त प्रमुख सडक खण्ड र पुल पुनर्निर्माण गर्न भने बजेटको चर्को अभाव छ । बजेट अभावका कारण चालु आर्थिक बर्षमै क्षतिग्रस्त सडकसहित पुल निर्माण कार्य बढ्ने सम्भावना निक्कै न्युन रहेको विभागले जनाएको छ । यसका लागि सडक विभागले मन्त्रालयमार्फत ९ अर्ब ६६ करोड रुपैयाँको खाका बनाएर अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।

‘अहिलेसम्म बजेटको सुनिश्चितता भएको छैन, यसले गर्दा चालु आर्थिक वर्षमा खासै काम अघि बढ्ने अवस्था देखिँदैन,’ सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले भने,‘रकमको जोहो भएपनि सबै प्रक्रिया पूरा गरी आगामी चैत मसान्तसम्म मात्रै टेण्डर आह्वान हुनेछ । परेको टेण्डरको मूल्याँकन सकाएर आगामी आर्थिक वर्षदेखि निर्माण कार्यले गति लिने हामीले लक्ष्य राखेका छौं ।’

प्रतिवेदनअनुसार ओखलढुङ्गाको सुनकोशी खोला पुल, खार्ते खोला पुल, मोलुङ्ग खोला पुल, भोजपुरको सुनकोशी खोला पुल, खोटाङ्ग, उदयपुर र सिन्धुलीको एक–एक गरी ३ सुनकोशी पुल, काभ्रेप्लाञ्चोकको रोशी खोला पुल, चितवनको त्रिशुली खोला पुल, धादिङको त्रिशुली पुल, नवलपरासीको नारायणी पुललगायत बाढी पहिरोका कारण क्षतिग्रस्त भएको थियो ।

बाढी पहिरोले कोशी, वागमती र लुम्विनी प्रदेशमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । मुख्य राजमार्गसहित सहायक राजमार्ग र पुलमा ठूलो क्षति पुर्याएको प्राधिकरणले जनाएको छ ।

पुल विभागका अनुसार क्षतिग्रस्त १६ पुलमध्ये सबैभन्दा बढि विपी राजमार्गमा भएका पुलमा क्षति पुगेको छ । विपी राजमार्गमा मात्रै ३ वटा महत्वपूर्ण पुल निर्माण गर्न न्यूनतम ८७ करोड रुपैयाँ बजेट चाहिन्छ ।

विपी राजमार्गको १ सय मिटर लम्बाई भएको सुनकोशी खोला पुल निर्माण गर्न ३० करोड, मध्यपहाडी राजमार्ग र विपी राजमार्ग जोड्ने १ सय मिटरको सिन्धुरेटार पुल निर्माण गर्न ३० करोड र ९० मिटरको सुनकोशी खोला पुल खैरेनीघाट पुल निर्माण गर्न २७ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पुल विभागका अनुसार डिजाइन, पुल निर्माण, एप्रोच सडक, रिटेनिङ्ग वालसहित प्रति मिटर पुल निर्माण गर्न न्यूनतम ३० लाख रुपैयाँको दरले लागत खर्च लाग्छ ।

यस्तै पुल सेक्टर धरानअन्तर्गत दुई वटा पुल निर्माण गर्नुपर्नेछ । १२० मिटर लम्बाई भएको सुनकोशीखोला पुल फोक्सिङ्गटार निर्माण गर्न ३६ करोड र ४५ मिटर लम्बाई भएको हेवा खोला पुल निर्माण गर्न १३ करोड ५० लाख रुपैयाँ गरी ४९ करोड ५० लाख रुपैयाँ लागत खर्च लाग्ने भएको छ ।

यसैगरी पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत ३ वटा पुल पुननिर्माण गर्नुपर्नेछ । जसअनुसार २५ मिटर लम्बाई भएको फलामे खोला पुल निर्माण गर्न ७ करोड ५० लाख र २५ मिटरकै नुवा खोला पुल निर्माण गर्न ७ करोड ५० लाख रुपैयाँ लागत खर्च लाग्ने भएको छ ।

सोही राजमार्गअन्तर्गतको २० मिटर लम्बाई भएको ओयम खोला पुल निर्माण गर्न भने ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यस्तै चरिकोटअन्तर्गत २७ करोड ६० लाख रुपैयाँ लागतमा तीन वटा पुल निर्माण गर्नुपर्नेछ । जसअनुसार ४५ मिटरको १३ करोड ५० लाखको लागतमा लार्चा वेली ब्रीज, ९ करोड लागतमा ३० मिटरको खाग्दल बेली ब्रीज र ५ करोड १० लाख लागतमा १७ मिटरको लिपिङ्ग खोला पुलको पुननिर्माण गर्नुपर्नेछ ।

पुल विभागका अनुसार बाढीका कारण क्षतिग्रस्त भएको कान्ति राजमार्गको ८७.५५ मिटरको बागमति(वगुवा) खोला पुल निर्माण गर्न २६ करोड २६ लाख ५० हजार, महेन्द्रनगरको ७ मिटर लामो सुदा खोला पुल निर्माण गर्न २ करोड १० लाख, उत्तर दक्षिण कोशी सडक अन्तर्गत २० मिटर लामो इकुवा खोला पुल निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैगरी इलामस्थित ४९ मिटर लामो हेवा पुल निर्माण गर्न १४ करोड ७० लाख र ३५ मिटर लामो राते खोला पुल निर्माण गर्न १० करोड ५० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तत्काल यातायात सञ्चालन गर्न बेलीब्रीज

पुल विभागका अनुसार क्षतिग्रस्त भएको पुलका कारण यातायात अवरुद्ध भएको ति सडक खण्ड पुन सञ्चालनमा ल्याउन तत्कालको लागि एकमात्र बिकल्प बेलीव्रीज जडान गर्नु हो ।

ति सवै १६ वटा पुल स्रोत सुनिश्चित नहुँदासम्म तत्काल निर्माण अवस्था नभएकाले त्यसको स्थानमा बेलीव्रीज निर्माण गरेर यातायात सुचारु गर्नुपर्ने पुल विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझावसमेत दिएको छ ।

यहि सुझावको आधारमा मन्त्रालयले केहि स्थानमा बेलीब्रीज जडान गरी अस्थायी डायभर्सन निर्माण गरी बाटो सुचारु गरेको छ ।

विभागले लिपिङ्ग खोला, लार्चा खोला, सुनकोशी खोला, सुनकोशी खोला पुल खैरेनीटार, हेवा खोला पुल(इलाम), राते खोला पुल, हेवा खोला पुल(धरान), सुनकोशी खोला पुल फोक्सिङ्गटार, वागमति(वगुवा) खोला पुल, इकुवा खोला पुल, ओयम खोला पुल, फलामे खोला पुल र नुवा खोला पुलमा यस्तो बेलीब्रीज जडान गर्नुपर्ने सुझाव मन्त्रालयलाई दिएको छ ।

१६ पुलमध्ये चरिकोटस्थित खाग्दल खोला र खुर्कोटअन्तर्गत सिन्धुरेटार खोलामा अहिले अस्थायी रुपमा बेलीब्रीज जडान गरी बाटो सुचारु गरिएको छ ।

पुल विभागले बेलीब्रीज निर्माण गर्न पनि ४४ करोड रुपैयाँ लाग्ने जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ००:००  ८ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping