नाफा बढाएर तयार पारेको वित्तीय विवरणमा राष्ट्र बैंकको कैँची, अधिकांशको बढ्यो प्रोभिजन « Eglish Khabarhub

नाफा बढाएर तयार पारेको वित्तीय विवरणमा राष्ट्र बैंकको कैँची, अधिकांशको बढ्यो प्रोभिजन


१५ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । वाणिज्य बैंकहरुले गत साउनमा पत्रपत्रिकामार्फत सार्वजनिक गरेको वित्तीय विवरणमा नेपाल राष्ट्र बैंकले त्रुटी फेला पारेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको मापदण्डअनुसार बैंकहरुले प्रोभिजन नगरेको पाएपछि राष्ट्र बैंकले कानुनअनुसार प्रोभिजन बढाउँदै वित्तीय विवरण स्वीकृत गरेको हो । राष्ट्र बैंककाअनुसार हालसम्म १६ वटा बैंकको वित्तीय विवरण स्वीकृत गर्दा अधिकांश बैंकहरुको नाफा घटेको छ ।

‘बैंकहरुले कानुनअनुसार प्रोभिजन नगर्दा साउनमा सार्वजनिक वित्तीय विवरणमा नाफा अस्वभाविक बढेको देखिएको थियो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले कानुनअनुसार प्रोभिजन गर्न लगाउँदा ३ सरकारी बैंक र ३ विदेशी साझेदार रहेका बैंकबाहेक प्राय बैंकको वित्तीय विवरणमा ठूलो हेरफेर भएको छ ।’

राष्ट्र बैंकका अधिकारीकाअनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको वित्तीय विवरणमा ठूलो समस्या देखिएको छैन । नेपाल बैंकको वित्तीय विवरण स्वीकृत हुने क्रममा रहे पनि ठूलो समस्या छैन । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक तथा एभरेष्ट बैंकको वित्तीय विवरणमा पनि ठूलो फेरबदल भएको छैन । यद्यपि, त्यसबाहेकमा १४ वाणिज्य बैंकको वित्तीय विवरणमा ठूलो हेरफेर भएको छ ।

वाणिज्य बैंकहरुले गत साउनमा सार्वजनिक गरेको वित्तीय विवरणमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका उल्लेख थियो । तर, राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा घटेर ४५ अर्ब रुपैयाँ मुनि पुगेको स्रोतले जानकारी दियो ।

वाणिज्य बैंकहरुले साउनमा सार्वजनिक गरेको प्रतिवेदनमा गत वर्षको नाफाबाट ७ अर्ब ६२ करोड रुपैयाँ वितरण योग्य भएको उल्लेख थियो । तर, बैंकहरुले वित्तीय विवरण तयार गर्दा लुकाएको र छुटाएको प्रोभिजन जोड्दा वाणिज्य बैंकहरुको नाफा र वितरणयोग्य नाफामा घटेको छ ।

राष्ट्र बैंकका अधिकारीकाअनुसार नेपाल इनभेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया, कुमारी बैंक तथा नेपाल बैंकको वित्तीय विवरण पारित हुन बाँकी छ ।

बैंकहरुले निष्क्रिय वर्गमा जाने कर्जालाई सक्रिय देखाउँदै प्रोभिजन घटाउँदा नाफा बढेको थियो । तर, राष्ट्र बैंकले नियमित साँवा ब्याज नउठेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण गर्दै प्रोभिजन गर्न लगाएकाले बैंकको नाफा घटेको हो।

‘सेयरधनीलाई क्षणिक खुसी बनाउन र सेयर बजारमा चलखेल गर्न बैंकहरुले जानिजानी वित्तीय विवरण बिगारेका हुन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले अझै सुक्ष्म रुपमा वित्तीय विवरण हेरेको भए अझै नाफा घट्ने थियो ।’

केही बैंकले राष्ट्र बैंकलाई प्रभावित पार्न सकिन्छ कि भन्ने सोचले समेत वित्तीय विवरणमा छेडखानी गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकको निष्कृय कर्जा औषतमा १४.४४ प्रतिशतले बढेको थियो । गत आवको असोज मसान्तमा औषतमा २.९० प्रतिशत रहेको वाणिज्य बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको असोज मसान्तमा ४.२८ प्रतिशत पुगेको थियो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा प्रोभिजन बढाएकाले पुस मसान्तको विवरण सार्वजनिक हुँदा समग्र वाणिज्य बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत माथि पुग्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘अन्तर्राष्ट्रिय लेखापरिक्षकले १० ठूला बैंकको लेखापरिक्षण गर्ने भएकाले विगतमा जस्तो पुरानो ऋण तिर्न नयाँ ऋण दिँदा चुप लाग्ने अवस्था छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘विगतमा बैंकहरुले व्यवसायभन्दा पनि धितो हेर्दै ऋण दिएकाले समस्या आएको हो । अहिले घर जग्गा कारोबार नहुँदा साँवा ब्याज तिर्ने क्रम झनै कमजोर भएको हो ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ००:००  ११ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping