पर्यटन बोर्ड २७ औं वर्षमा, ७ वर्षदेखि पदपूर्ति हुन हुन नसक्दा कर्मचारीको वृद्धि विकास रोकिएको गुनासो « Eglish Khabarhub

पर्यटन बोर्ड २७ औं वर्षमा, ७ वर्षदेखि पदपूर्ति हुन हुन नसक्दा कर्मचारीको वृद्धि विकास रोकिएको गुनासो


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल पर्यटन बोर्ड २७ औं वर्षमा प्रवेश गरेको छ । नेपालको पर्यटनको प्रवद्र्धनको जिम्मा पाएको एक मात्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलेको संस्था बोर्डले सोमबार २६ औं वार्षिकोत्सव मनाएको छ ।

बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन अन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन बोर्डले जोड दिनुपर्ने बताए । उनले भने ‘नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको छ ।

मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । उनले भने ‘पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन दिनुपर्छ ।’

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ,’ उनले भने ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले यसको लागि पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकोले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको जानकारी उनले दिए ।

कार्यक्रमका नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । उनले ७ वर्षदेखि पर्यटन बोर्डले कर्मचारी पदपूर्ति नहुँदा नयाँले आउने बाटो बन्द भएको र सिनियरको बृद्धिविकास पनि रोकिएको बताए ।

उनले बोर्डमा १५ पद खालिभइसक्दा पनि अहिलेसम्म नयाँ नियुक्तिको प्रक्रिया रोकिएको र बोर्डको काममा फाइल ७ वर्षदेखि घुमेको घुम्यै भएको तर्क पनि गरे ।

कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचनसमेत भएकाे थियाे ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  १२ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping