२८ मंसिर २०८२, शनिबार

संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । बर्दिबास, महोत्तरीमा सञ्चालित होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दैछ ।

रमाईलो वातावरण स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।

होटल गुञ्जको जानकारी अनुसार न्यु ईयर ईभ र न्यु ईयरको दिनमा ‘समुन्द्र ब्यान्ड’ र ‘द हाईम्स ब्याण्ड’ को संयुक्त लाईभ म्युजिकको प्रस्तुती रहने छ । साथै डिजेहरुको प्रस्तुती, बार्बेक्यु नाईट र बिभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ।

कार्यक्रमको बारेमा बोल्दै होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भने, ‘हाम्रा अतिथीहरुको यो नयाँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरुको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरुको साथ हाम्रा अतिथीहरुको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।’

यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।