के युक्रेन रुससँग अर्को वर्ष पनि युद्धको सामना गर्न तयार छ ? « Eglish Khabarhub

के युक्रेन रुससँग अर्को वर्ष पनि युद्धको सामना गर्न तयार छ ?


१७ पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । पछिल्लो तीन वर्षयता युक्रेन र रुस युद्धमा छन् । युक्रेन यो युद्धमा कमजोर अवस्थामा छ ।

रुससँगको युद्धमा युक्रेनले तीन वर्षको लडाइँपछि धेरै सैनिकहरु गुमाइ सकेको छ । यस्तो अवस्थामा युक्रेनले अर्को वर्ष युद्ध सहन सक्छ ? भन्ने प्रश्न विज्ञहरुले उठाउन थालेका छन् ।

युक्रेनका सेनाहरु अझै पनि पूर्वमा रुसी सेनाको प्रतिरोध गरिरहेका छन् । युक्रेनका सेनाहरु कुराखोभ सहर नजिकै घेरिएका छन् । यसै साता मात्र उनीहरु ठूलो युद्ध गरिरहेका थिए ।

अझ ब्ल्याक प्याक, एक मोर्टार इकाई, कुराखोभ वरिपरिको क्षेत्रलाई घेरा हालेर बसिरहेका छन् । यो तीनै क्षेत्रमा रुसी सेना पनि तैनाथ छन् ।

लडाइबाट विश्राम लिएपछि हामीले टोलीलाई सेफ हाउसमा भेटेका थियौं । उनीहरु रसियाका जस्ता औसत सैनिकहरू होइनन् । तिनीहरू एक शेफ, एक मेकानिक, एक वेब डेभ्लभर र एक कलाकार समावेश छन् ।

युक्रेनका सेनाहरु सबै आफ्नो स्वइच्छाले लड्न थालेका हुन् । युक्रेनका ३१ वर्षीय कमाण्डर सर्ट रुसको पूर्ण आक्रमणपछि सेनामा भर्ना भएका थिए । उनले सुरुमा युद्ध तीन वर्षसम्म चल्ने बताएका थिए । तर, अहिले सबै सेनाहरुले १० वर्षसम्म युद्ध चल्ने तरिकाले आफूलाई तयार पर्दैछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धको अन्त्य गर्न चाहन्छन् । युक्रेनका भ्लादमिर जेलेन्स्की र रुसका राष्ट्रपतिले भ्लादिमिर पुटिन दुबै जना वार्ताका लागि तयार रहेको संकेत गरेका छन् । तर, यी दुईबीच आधिकारीक वार्ता हुने कुनै संकेत भने देखिँदैन।
युक्रेनका लागि भोलेन्टियरको रुपमा युद्ध मैदानमा होमिएका जर्मन नागरिकले युक्रेनलाई युद्धबाट धेरै घाटा हुने भए पनि युद्धबाट टाढा हुन चाही चाहना नरहेको बताएका छन् ।

‘मैले आफैलाई प्रश्न सोधें – के म यस्तो संसारमा बस्न सक्छु जहाँ युक्रेन हुँदैन,’ डेनिसले भने । डेनिस हारेको जस्तो लाग्दैछ भन्ने कुरामा हिचकिचाउदै स्वीकार्छन् । हार भएपनि युद्ध लड्न भने नछोड्ने उनले बताए ।

युक्रेनले अब हुने युद्धको विषयमा भने सोच्नु पर्ने अवस्था आएको लडाइमा संलग्न सेनाहरु बताउँछन् । युक्रेनले हार स्वीकार गरेसम्मको अवस्था भएको छ । ४ चार लाख धेरै मानिसहरु मारिसकेका छन् ।

‘मलाई लाग्छ धेरै युद्धका लागि उत्साहित भएका सैनिकहरु या त हराए वा तिनीहरु एकदमै थकित छन् । त्यसैले मेरो लागि हामी युद्ध चाहन्छौं भन्ने छैन, तर हामी धेरै वर्षसम्म युद्ध गर्न चाहँदैनौं,’ युक्रेनी सेना डेनिसले भने ।

युक्रेनको तेस्रो ठूलो सहर डिनिप्रोलाई हेर्दा युक्रेन युद्धबाट थकित भएको भान देखाउँछ । यहाँ नियमित रुपमा रुसी मिसाइल र ड्रोन देखिन्छन् । एयर–रेड साइरनहरु दिनरात बीच–बीचमा झल्किने गर्छन् । रुसी मिसाइल, ड्रोन र साइरनहरु नदेख्दा समान्य समय जस्तो लागेर युक्रेनीहरुले सामान्य अवस्था मान्दै सुखको सास फेर्ने गर्छन् ।

बीबीसीबाट

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ६ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping