ओलीलाई भीम रावलको कवितामार्फत प्रश्न: सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ? (भिडियो) « Eglish Khabarhub

ओलीलाई भीम रावलको कवितामार्फत प्रश्न: सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ? (भिडियो)



काठमाडौं । नेकपा एमालेबाट निस्कासित पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरिरहेका छन् ।

उनले आफूलाई पार्टीबाट निकालेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौ आरोप लगाएका छन् । उनले पत्रकार सम्मेलनको सुरुवातमै ओलीमाथि लक्षित गर्दै व्यङ्ग्यात्मक कविता वाचन गरेका थिए ।

यस्तो छ रावलको कविता:

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि।।

तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन।।

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ।।

चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा।।

भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो।।

सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो।।

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ।।

नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ।।

https://www.facebook.com/clickmandu/videos/524412243985165

Publish on: