काठमाडौं । एससीटी र एभरेष्ट बैंकबीच सहकार्य भएको छ । स्मार्टच्वाइस र बैंकबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको हो ।
स्मार्टच्वाइस टेक्नोलोजिज नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था हो भने एभरेष्ट बैंकले विगत ३ दशकदेखि नेपालीलाई निरन्तर र गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको बैंक हो ।
सम्झौतासँगै एभरेष्ट बैंकका ग्राहक तथा प्रयोगकर्ताले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।
स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट पे ब्रान्डमा अन्तरबैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो । एससीटीले विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको छ ।
एससीटीमार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठूला कर्पोरेटले आफ्ना सेवाग्राहीका नेपालभरका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् ।
SHARE YOUR THOUGHTS