![](https://internal.appharu.com/wp-content/uploads/2025/01/PR-on-inaguration-of-a-library-at-Birendra-Adarsha-Secondary-School-Photo-768x402.jpg)
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरिदिएको पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले चितवनस्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गरिदिएको थियो ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिका लाभान्वित हुने बताइएको छ ।
बैंकले पुस्तकालय भवनहरू निर्माणका लागि दुई करोड पाँच लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुस्तकालय भवन निर्माणपछि विभिन्न विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
SHARE YOUR THOUGHTS