![](https://internal.appharu.com/wp-content/uploads/2025/01/rabi-lamichhane1.png)
काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने आज विहान अदालतमा उपस्थित भएका हुन् ।
न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयानपछि थुनछेक बहस सुरू हुनेछ । लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा उपस्थित भएका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2025/01/rabi-lamichhane-768x403.png)
यसअघि कास्की जिल्ला अदालतले बिहीबार सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । सो आदेशपछि उनी काठमाडौं जिल्ला अदालतमा स्वयं उपस्थित भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँको अपचलन भएको आरोप लागेको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले यो प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
रवि लामिछाने र जिबी राईमाथि सहकारीबाट ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँको अपचलन गरेको आरोप छ ।
SHARE YOUR THOUGHTS