![](https://internal.appharu.com/wp-content/uploads/2024/06/excess-liquidity.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अत्यधिक तरलता भएको भन्दै केन्द्रीय बैंकले यति धेरै रकम प्रशोचन गर्न लागेको हो ।
आइतबार बोलकबोल माध्यमबाट खिच्न लागिएको यो रकम माघ २० गते सावाँब्याजसहित फिर्ता हुनेछ । राष्ट्र बैंकले नियमित निक्षेप संकलनमार्फत् तरलता प्रशोचन गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट संकलन हुने निक्षेपको ब्याजदर पनि बोलकबोलमार्फत् नै तय हुनेछ ।
राष्ट्र बैंकका अनुसार हाल बजारमा १ खर्ब रुपैयाँ अधिक तरलता छ ।
केन्द्रीय बैंकका अनुसार हाल राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् २ खर्ब ३२ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् ६४ अर्ब रुपैयाँ खिचेर राखेको छ ।
गत बुधबार राष्ट्र बैंकले ८० अर्बको तरलता प्रशोचन गर्न कबोल माग गरेकामा ६३ अर्ब ५५ करोड रुपैयाँको मात्र आवेदन परी सोही रकम बराबर रकम खिचिएको थियो । यसरी बोलकबोलमार्फत् खिचिएको निक्षेपको ब्याजदर अधिकतम ३ र न्यूनत २.९८ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS