काठमाडौं । मञ्जुश्री फाइनान्सको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाबाट मञ्जुश्री फाइनान्सको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना यादव अधिकारी, रामहरी शर्मा र सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहकातर्फबाट सतिश गौतम निर्बिरोध निर्वाचित भएका छन् ।
फाइनान्सले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा सेवा दिँदै आएको छ ।
प्रतिक्रिया