काठमाडौं । सिद्धार्थ बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले बैंकको चुक्ता पूँजी ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
यसबाहेक, बैंकले ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सेयर जारी गर्ने प्रक्रिया नियमनकारी निकायको स्वीकृतिपछि अघि बढाइने बैंकले जनाएको छ।
सभामा सञ्चालक समिति निर्वाचित गरिएको छ । संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स) र भोजन अर्याल (प्रतिनिधि रिनुवल इन्भेष्टमेन्ट) निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रिया