काठमाडौं । भ्याकेसन रेन्टल तथा होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ । नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन यस्तो सहकार्य गरिएको हो ।
यो साझेदारीले मोरुका लाखौं प्रयोगकर्तालाई होटल बुकिङ सेवा सोझै मोरु एपमार्फत उपलब्ध गराउने उद्देश्य राखेको छ ।
सहकार्यसँगै मोरुका प्रयोगकर्ताहरूले अब बासियोले प्रदान गर्ने होटल तथा आवासको सूची हेर्न र बुक गर्न सक्नेछन् । बुटिक होटलदेखि होस्टल र विलासी रिसोर्टसम्मको सुविधा एकै एपमा उपलब्ध हुनेछ, जसले छुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने आवश्यकता हटाउँछ र बुकिङ तथा भुक्तानी प्रक्रियालाई थप सहज बनाउँछ ।
बासियोका सीईओ दिपक पौडेलले मोरु डिजिटल वालेटसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए । यो सहकार्यले नेपालमा होटल बुकिङ सेवालाई धेरै प्रयोगकर्तासम्म पुर्याउन सहयोग गर्छ र मोरु प्रयोगकर्ताहरूका लागि थप सेवा प्रदान गर्नुका साथै नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग गर्ने उनको भनाइ छ ।
बासियोले हाल आफ्ना प्रयोगकर्ताहरुको लागि पहिलो होटल बुकिङमा १०% विशेष छुट र अरु आकर्षक अफरहरू उपलब्ध गराई रहेको छ ।
बासियो नेपालकै प्रमुख भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म हो । नेपालमा पर्यटकहरूका लागि बजेट–अनुकूल र विश्वासिलो आवास खोज्ने एउटा राम्रो प्लेटफर्मको अभाव थियो । बसियो प्लेटफर्म त्यसैलाई मध्यनजर गरेर तयार पारिएको हो ताकि कुनै पनि पर्यटकहरूलाई नेपाल घुम्दा सानो होमस्टे र लजदेखि ठूला होटल एकै ठाउँमा खोज्न र बुकिङ गर्न सजिलो होस् बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्तो होटलदेखि पाँचतारे होटलहरूलाई आफ्नो प्लेटफर्ममा समेट्दै नेपालका स्थानीय व्यवसायको डिजिटल पहुँचलाई विस्तार गर्न मद्दत गरिरहेको छ ।
प्रतिक्रिया