विराट एक्स्पो २०२५: व्यवसायीक सहकार्यका लागि विराट बजार बिटूबी पेभिलियन « Eglish Khabarhub

विराट एक्स्पो २०२५: व्यवसायीक सहकार्यका लागि विराट बजार बिटूबी पेभिलियन


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । माघ दोस्रो सातादेखि डिग्री कलेजको मैदानमा हुने विराट एक्स्पो २५ मा औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि विराट बजार बिटूबी पेभिलियनको व्यवस्था गरिने भएको छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्ने आयोजक उद्योग संगठनको दावी छ ।

यो पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मुख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत गर्दैछ ।

पेभिलियन अन्तर्गत बिटूबी डेस्कमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्ने जनाइएको छ । बिशेषगरी एसएमईसहरुसँग अन्य उद्योगहरुको व्यवसायीक सम्पर्क बढाउन यो प्लेटफर्मले सहयोग गर्ने संगठनले मंगलवार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बजार प्रवर्धनकालागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

त्यसैगरी एक्स्पोमा विराट बजार विटुवि प्लेटफर्म पेभिलियनको पनि व्यवस्था हुने छ । यो पेभिलियनले विशेषगरी छरिएर रहेका लघु घरेलु साना उद्योग, स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफम तयार गरिएको संगठनले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  ५ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping