
काठमाडौं । ६ बर्षको बालकले कति कमाउन सक्छ ? ६ बर्षको उमेरमा धेरै जस्तो बालबालिकाहरु काम गर्छन भनेर हामीलाई विश्वास नलाग्न सक्छ ।
तर, बालक रेयान हरेक हप्ता यूट्यूबमा खेलौनाका रिब्यू गरेर राम्रो कमाई गर्छन् ।
रेयानले यूट्यूवबाट ११ मिलियन अमेरिकी डलर कमाई गरिसकेका छन् ।
उनको खेलौनाको रिब्यू यूट्यूबमा करोडौं मानिसले हेर्ने गरेका छन् । ६ बर्षका बालक रेयानले ट्वोयजरिब्यू नामबाट एक यूटुयूब च्यानल संचालन गरिरहेका छन् ।
यस यूट्यूब च्यानलको सहयोगले रेयानले आफ्नो दर्शकलाई खेलौनाको दुनियामा पुर्याउने गरेका छन् ।
फोब्र्स म्यागजिनले सन् २०१७ मा सबैभन्दा धेरै कमाउनेको सूचीमा रेयानलाई राखेको छ ।
रेयानले मार्च, २०१५ मा ट्वोयजरिब्यू सुरु गरेका थिए । हालसम्म १६ अर्बभन्दा धरै पटक उनको भिडियो यूट्यूवमा हेरिसकिएको छ ।
रेयान यूट्यूवमा चर्चित भएपनि उनको जानकारी हालसम्म गोप्य छ । उनको पूर्ण नाम र कहाँ बस्छन् भन्ने जानकारी धेरै मानिससँग छैन । हालसम्म उनी अमेरिकन हुन् भन्ने मात्र पत्ता लागेको छ ।
केहि समय पहिले वासिङटन पोष्टमा दिएको एक अन्र्तवार्तामा रेयानको आमाले भने, ‘उनी ३ बर्षको हुँदा यूट्यूव च्यानलको विचार आएको थियो, रेयान सानो उमेरदेखि नै खेलौनाको रिब्यू गरिने टीभी च्यानल धेरै हेर्ने गरेका थिए ।’
रेयानको आमाले आफ्नो पहिना गोप्य राख्ने सर्तमा भनिन्, ‘एक दिन रेयानले मलाई भने अरु बच्चा जस्तै म यूट्यूवमा किन छैन ? त्यस समय हामीले पनि यस्तो गर्न सक्छौ भन्ने लाग्यो, हामी खेलौनाको पसलमा गयौ र एउटा ट्रेन किनेर खेलौना रिब्यू सुरु गरियो ।’
रेयानको एउटा भिडियो ८० करोडभन्दा धेरै पटक हेरिएको छ । मार्च, २०१५ बाट सुरु गरिएको यूट्यूव च्यानले सन् २०१६ जनवरी भित्र १० लाखभन्दा धेरै सब्सक्राइबर्स पाइसकेको थियो । अहिले रेयानको च्यानलमा १ करोडभन्दा धरै सब्सक्राइवर पुगिसकेको छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया