आरविवि मर्चेन्ट बैंकिङको नयाँ सिइओमा डा.रमेशकुमार भण्डारी « Eglish Khabarhub

आरविवि मर्चेन्ट बैंकिङको नयाँ सिइओमा डा.रमेशकुमार भण्डारी




काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङले प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिवर्तन गरेको छ । कम्पनीले चार बर्षका लागि डा. रमेश कुमार भण्डारीलाई नियुक्त गरेको हो ।

सिइओ डा. भण्डारीले पूँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् ।

आईतबार भएको पदभार समारोहमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, देवेन्द्ररमण खनाल, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी, राष्ट्रिय वाणिज्य बैंक आन्तरीक लेखापरीक्षण विभागका उपप्रमुख रणबहादुर चन्द्र, शाखा कार्यालय टेकुका प्रवन्धक पुष्पचन्द थापा लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गत साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूंजी १० करोड रुपैयाँ रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Publish on: