लेखनाथ महोत्सव माघ ११ देखि « Eglish Khabarhub

लेखनाथ महोत्सव माघ ११ देखि


१४ पुस २०७४, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । आगामी माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३५० वटा कक्ष रहने छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको छ ।

महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रमसमेत राखिएको आयोजक संस्थाले जनाएको छ ।

संघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णहरि भण्डारीले महोत्सव अवधिभरि तीन लाख दर्शकले अवलोकन गर्ने र १५ देखि २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार ००:००  ६ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping