यी ४ कुरा बुझेर मात्रै घर वा घडेरी किन्नुहोस्, अन्यथा पछुताउनु पर्ला « Eglish Khabarhub

यी ४ कुरा बुझेर मात्रै घर वा घडेरी किन्नुहोस्, अन्यथा पछुताउनु पर्ला


१५ पुस २०७४, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हरेक मानिसको चहान हुन्छ आफ्नै घरमा बस्ने । विविध कारणले मानिसहरु आफ्नो घरमा बस्न सकिरहेका हुँदैनन् । मानिसहरु आफ्नो कामकाज र अध्ययनका लागि शहर बस्न बाध्य छन् । यस्तो अवस्थामा धेरैको चहाना शहरमा घर बनाएर बस्ने हुन्छ ।

मानिसले बषौंको कमाई बचत गरेर जग्गा वा घर खरिद गर्ने गरेका छन् । घर वा जग्गा खरिद गर्नुभन्दा अगाडि मानिसले केहि कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छन् ।

लगानी सम्झेर जमिन किन्नु
माटोमा लगानी गर्नु भनेको एक असल बचत पनि हो । नेपालीमा एउटा उखानै छ ‘जमिन किन्ने राजा, सुन किन्ने आधा र गाडी किन्ने गधा’ यसले नेपालीहरुमा जग्गा प्रतिको मोह देखाउँछ ।

जमिन मानिसलाई आबासदेखि खेति गर्नका लागि आवश्यक पर्छ । त्यसैले जमिन किन्दा लगानी सम्झेर किन्ने गर्नुहोस् ।

भोलि कसरी नगद हुन्छ त्यो हेर्नुस्
मानिसलाई पैसाको आवश्यक परेको खण्डमा जमिन सहजै बिक्री गर्न सक्ने ठाँउको किन्नु पर्छ । त्यसको लागि ढल, सडक, बिजुलीलगायतको सुविधा भएको स्थानको जमिन निकै राम्रो मानिन्छ । आवस्यक पूर्वाधारको निर्माण भएको ठाँउमा किनेको जग्गा बिक्रीगर्न सहज हुन्छ ।

भौतिक संरचना भएको ठाँउमा जमिन किन्दा मूल्यपनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा खरिद गरिएको मूल्यभन्दा धेरैमा जमिन बिक्री गर्न सकिने सम्भावना प्रवल रहन्छ । उपयुक्त स्थानमा खरिद गरिएको जमिनबाट धेरै फाइदा कमाउन सकिन्छ ।

कस्तो जमिन खरिद गर्नु हुँदैन
शहरबासीले खेतीपातीका लागि भन्दा पनि घर निर्माण गर्नका लागि जमिन खरिद गर्ने गरेका छन् । घर निर्माण गर्नका लागि मानिसहरुको रोजाइमा ठूला सडक, खुल्ला स्थान र स्वच्छ हावा पानी भएको स्थान पर्नुपर्ने हो । तर, शहरमा बसोबास गर्ने नेपालीको हकमा यो कुरा लागु हुने गरेको छैन ।

शहरको कुनै एक स्थानमा एक टुक्रो जमिन खरिद गरेर घर निर्माण गर्नुलाई नै सर्वस्व ठान्ने चलन बढ्दै गएको छ । घर आउन जान यातायात, ढल, खानेपानी र प्राकृति प्रकोपको समयमा मासिले धेरै समस्या भोग्ने गरेका छन् । घडेरी किन्नु पूर्व ती कुरामा ख्याल पुर्याउन सकेको खण्डमा यस्तो समस्या आउने छैन ।

घर निर्माणका लागि कस्तो जमिन खरिद गर्ने
घर जीवनमा एक पटक बनाइन्छ । त्यसैले घर निर्माण वा खरिद गर्नु पूर्व धेरै कुरा ख्याल राख्नु पर्ने हुन्छ । घर खरिद वा निर्माण गर्ने स्थानमा ठूला सडक, विजुली, टेलिफोन, खुल्ला स्थान र स्वच्छ हावापानीको साथै ढल र यातायातको अवस्था बुझेर खरिद गर्नुपर्ने हुन्छ ।

साथै, घर निर्माण गर्नका लागि जमिन खरिद गर्ने स्थानमा बसोबास गर्ने छरछिमेक कस्ता छन् भनेर बुझ्न पनि अति आवश्यक हुन्छन् । छरछिमेक दुष्ट रहेको समाजमा नयाँ परिवारलाई धेरै कुराको समस्या पर्न सक्छ ।

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार ००:००  १ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping