मोरङको ऊर्लाबारीमा खुल्यो ‘रोयल हेरिटज रिसोर्ट’, यस्ता छन् सुबिधा « Eglish Khabarhub

मोरङको ऊर्लाबारीमा खुल्यो ‘रोयल हेरिटज रिसोर्ट’, यस्ता छन् सुबिधा


१६ पुस २०७४, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

संकेतिक तस्बिर

मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ ।

संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ ।

मोरङको उर्लाबारी-४ सिसौलीमा २ बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ । पूर्वाञ्चलकै ठूलो र भव्य एवं सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ ।

रिसोर्टका सञ्चालक कमलहाङवाङले भने, “चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पार्किङ र कम्पाउण्ड वाल निर्माण भइरहेको छ ।” निर्माण सम्पन्न भइसक्दा ५ करोड रुपैयाँ बढी लगानी हुने हाङवाङको भनाइ छ ।

रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्पसँगै रहेको छ । ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्नसक्ने हाङवाङ बताए । हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई राम्रो रोजगार पाउने सञ्चालकको भनाइ छ ।

दुई बिगाहा क्षेत्रफलभित्र अत्यन्तै आकर्षक घर, बगैँचा, सभाहल र २५ वटा भिआइपी आवास कोठा रहेका छन् । हाल दैनिक ३ देखि ५ वटा टिम होटलको अवलोकनका लागि आउने गरेको सञ्चालक कमल हाङवाङको भनाइ छ । रासस

प्रकाशित मिति : १६ पुस २०७४, आइतबार ००:००  ९ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping