सेयर कर्जालाई सहज बनाउन इन्भेष्टर फोरमको बैकर्स संघलाई आग्रह « Eglish Khabarhub

सेयर कर्जालाई सहज बनाउन इन्भेष्टर फोरमको बैकर्स संघलाई आग्रह


१६ पुस २०७४, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले नेपाल बैकर्स एशोसियनलाई सेयर कर्जा सहज बनाउन आग्रह गरेको छ ।

फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्व गएको टोलीले बैकर्स एशोसियनका कार्यवहाक अध्यक्ष सहितको टोलीलाई भेटेको थियो ।

सेयर बजार निरन्तर ओरालो लागिरहेको सन्दर्भमा भएको भेटमा बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमामार्जिन गणना गर्ने बिधिका विषयमा छलफल गरेको थियो ।

बित्त र धितोपत्रबजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा बैंकर्सहरुको ध्यानाकर्षण लगानीकर्ताले गराएका थिए ।

साथै सेयर बजारलाई व्यवस्थितगर्ने सन्दर्भमा दुवै पक्षबीचगम्भीर छलफल भयो ।

फोरमकातर्फबाट अध्यक्षअम्बिकाप्रसादपौडेलले सेयर बजारलाई व्यवस्थितगर्ने तथाकार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथाबित्तिय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमालिई सोहीबमोजिमलगानीविस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलताब्यबस्थापनगर्ने क्षेत्रको रुपमानलिई लगानीको एउटा सुरक्षिततथापुँजीनिर्माणको आधार क्षेत्रको रुपमालिनुपर्ने धारणा राखे ।

यस्तै उनले शेयर कर्जामा सबै भन्दा बढी १५० प्रतिशतको जोखिम भारितमा राख्ने व्यवस्थालाई तत्काल १०० ल्याउनको लागि संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनस तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोहीअनुसार मात्र मार्जिन कल गर्नुपर्ने आग्रह गरे ।

साथै विगत केही दिन यता विभिन्न व्यक्तितथा संस्थाहरुले पुँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजीबजारलाई धराशायी बनाउने काम भैरहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुलाई यस्ता भ्रमको पछि नलागीविवेकपूर्ण ढंगले लगानीको निर्णय गर्न पनि आग्रह गरेको छ ।

सर्वसाधारणको लगानी डुबाउने भ्रमपूर्ण तथा तथ्यहीन त्यस्ता टिका टिप्पणी प्रकाशन, प्रसारण र प्रवाह गम्भीर अपराध भएकोले त्यस्तो पक्षलाई कडा कार्बाही गर्न पनि सम्वन्धित निकायहरुलाई फोरमले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७४, आइतबार ००:००  ५ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping