२ सय रुपैयाँभन्दा पनि सस्तोमै पाइन थाल्यो बाणिज्य बैंकहरुको सेयर « Eglish Khabarhub

२ सय रुपैयाँभन्दा पनि सस्तोमै पाइन थाल्यो बाणिज्य बैंकहरुको सेयर


१६ पुस २०७४, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । एक जमाना थियो, बाणिज्य बैंकको सेयर भनेपछि बजारमा ‘हट केक’ जस्तै थियो । बाणिज्य बैंकको सेयर किन्न जो कोही पनि तयार हुन्थे ।

बैंकको सेयर मूल्य उच्च थियो । करिब ८० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाले ओघटेको र बैंकिङ क्षेत्रमा बाणिज्य बैंकहरुकै दबदबा रहेको नेपाली पुँजी बजारमा यस्तो हुनु स्वभाविक पनि थियो ।

कुनै पनि सुचिकृत संस्थाको सेयर मूल्य अन्य कुराहरुको साथै उक्त संस्थाले दिने प्रतिफलसँग पनि सम्बन्धित हुन्छ । बैंक तथा वित्तीय संस्थाको नाफालाई लिएर उद्यमी ब्यवसायीदेखि नीति निर्मातासम्मले आलोचना गरेका पनि थिए ।

करिब १ बर्ष अगाडि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकिङ क्षेत्र नाफाखोर भयो र यसले उद्यमी ब्यवसायीलाई उद्यम ब्यवसाय गरेर बाच्न नसक्ने अबस्था सिर्जना गर्यो भनेर सार्बजनिक रुपमा आलोचना गरेका थिए ।

यस्तै निजी क्षेत्रको अर्काे संस्था नेपाल उद्योग परिसंघले पनि बैंकहरुले नाफाका लागि मात्रै काम गर्ने गरेका कारण ब्याजदर महंगो भएर उद्योग ब्यवसाय संचालन गर्नै नसकिने अबस्था आयो भन्ने ब्यहोराको प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।

सरकारी अधिकारी अर्थात नीति निर्माताले पनि बैंकका अधिकारीहरुसँगको छलफलमा बढी नाफामुखी भएर लगानीलाई प्रभावित नपारिदिन चेताबनीयुक्त आग्रह समेत गर्ने गरेका थिए ।

यो अघिल्लो बर्षसम्मको कुरा थियो । अहिले परिस्थिति परिवर्तन भएको छ । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकको नाफा घटेको देखाएको छ । गत बर्षभरी जस्तै लगानीयोग्य रकम (तरलता) को अभावमा छटपटिएका बैंकहरुलाई यो बर्ष पनि त्यही ब्यथाले च्याप्न थालिसकेको छ ।

बैंकको नाफामा देखिएको तत्कालको कम बृद्धिदर र बढ्दो ब्याज जस्ता कारणले अहिले बाणिज्य बैंकहरुको सेयर मूल्य निकै सस्तिएको छ । केही बाणिज्य बैंकहरुको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम र केहीको २ सय रुपैयाँकै हाराहारीमा पनि आइपुगेको छ ।

पुस १६ गते आइतबार कृषि विकास बैंकको मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेर ४१० रुपैयाँ कायम भएको छ । बैंक अफ काठमाडौंको मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेर ४०२ रुपैयाँमा पुगेको छ ।

यो अघिल्लो बर्षसम्मको कुरा थियो । अहिले परिस्थिति परिवर्तन भएको छ । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकको नाफा घटेको देखाएको छ । गत बर्षभरी जस्तै लगानीयोग्य रकम (तरलता) को अभावमा छटपटिएका बैंकहरुलाई यो बर्ष पनि त्यही ब्यथाले च्याप्न थालिसकेको छ ।

सेन्चुरी कर्मसियल बैंकको मूल्य सार्बजनिक निस्कासन (आइपिओ) को हाराहारीमा आउन लागिसकेको छ । सो बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेर २ सय रुपैयाँमा पुगेको हो ।

सिभिल बैंकको सेयर मूल्य पनि २ सय रुपैयाँभन्दा कम छ । सो बैंकको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँले घटेर १८२ रुपैयाँमा झरेको छ । सिटिजन बैंक इन्टरनेशनलको मूल्य ४ रुपैयाँले घटेर २८२ रुपैयाँमा पुगेको छ ।

एभरेस्ट बैंकको मूल्य १८ रुपैयाँले घटेर ७९८ रुपैयाँमा झरेको छ । ग्लोबल आइएमई बैंकको मूल्य ३ रुपैयाँले बढेर ३२० रुपैयाँमा पुगेको छ भने हिमालयन बैंकको मूल्य २२ रुपैयाँले घटेर ६०८ रुपैयाँमा आइपुगेको छ ।

जनता बैंक नेपालको सेयर मूल्य पनि प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम छ । सो बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेर १९० रुपैयाँमा पुगेको छ भने कुमारी बैंकको सयर मूल्य २ रुपैयाँले बढेर २९० रुपैयाँमा पुगेको छ ।

लक्ष्मी बैंकको सेयर मूल्य ८ रुपैयाँले घटेर २५४ रुपैयाँमा पुगेको छ । यस्तै माछापुच्छे्र बैंकको सेयर मूल्य १ रुपैयाँले घटेर २७० रुपैयाँमा पुगेको छ । नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ४४ रुपैयाँले घटेर १ हजार ९० रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको क्लोजिङ मूल्य १ रुपैयाँले घटेर ६४९ रुपैयाँमा पुगेको छ । नेपाल एसबीआइ बैंकको क्लोजिङ मूल्य १ रुपैयाँले घटेर ५९० रुपैयाँमा पुगेको छ ।

एनएमबी बैंकको सेयर भने आइतबार केही बढेको छ । सो बैंकको मूल्य प्रतिकित्ता ४ रुपैयाँले बढेर ४६० रुपैयाँमा पुगेको छ । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ छ ।

एनआइसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता ३३९ रुपैयाँ छ भने नेपाल बंलादेश (एनबी) बैंकको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँले बढेर २७१ रुपैयाँमा पुगेको छ । नेपाल बैंकको सेयर मूल्य ३४७ रुपैयाँ छ ।

अर्काे बाणिज्य बैंक प्रभु बैंकको सेयर मूल्य ३२५ रुपैयाँ छ । आइतबार सो बैंकको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँका दरले बढेको थियो । प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेर ३०६ रुपैयाँमा पुगेको छ ।

सानिमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेर ३३९ रुपैयाँमा पुगेको छ भने सिदार्थ बैंकको मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेर ३५८ रुपैयाँमा पुगेको छ ।

सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेर २५८ रुपैयाँमा कारोबार बन्द भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर कारोबार आइतबार प्रतिकित्ता ५५ रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७४, आइतबार ००:००  ६ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping