१ पुस २०८२, मंगलबार

एलजीको इन्स्टा भ्यू डोर इन डोर रेफ्रिजेरेटरलाई ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ दि ईयर’को अवार्ड


काठमाडौं। विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भ्यू डोर इन डोर रेफ्रिजेरेटरलाई डिभाइस वल्र्ड २०१७ लिडरसिप अवार्डसले इनोभेटिभ रेफ्रिजेरेटर अफ दि ईयरको अवार्ड प्राप्त गरेको छ ।

एलजीको डोर इन डोर रेफ्रिजेरेटर यसअघि पनि पुरस्कृत भईसकेको कम्पनीले जानकारी दिएको छ । यो रेफ्रिजेरेटर पुन इनोभेटिभ रेफ्रिजेरेटरको रुपमा चिनिएको कम्पनीको भनाई छ ।

नेपाली बजारमा पनि एलजीको इन्स्टा भ्यू डोर इन डोर रेफ्रिजेरेटर उपलब्ध भएको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रालीले जनाएको छ ।