काठमाडौं। दक्षिण कोरियाली कम्पनी सामसंगले अमेरिकामा आयोजना भईरहेको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा विश्वकै सबैभन्दा ठूलो आकारको नयाँ टेलिभिजन सार्वजनिक गरेको छ, जून १४६ इन्चको रहेको छ ।
सामसंगले यो टिभीको नाम ‘दि वाल’ राखेको छ, जून विश्वको पहिलो मोडूलर माइक्रो एलईडी टिभी हो ।
माइक्रो एलईडीमा प्रत्येक पिक्सेलमा उनीहरुको आफ्नै लाइट हुन्छ जसले गर्दा एलसिडीको जस्तो ब्याक लाईट आवश्यक पर्दैन् ।
यो टिभीको सबैभन्दा ठूलो विशेषता भनेको यसलाई आफूले चाहेअनुसारको साइजमा तयार पार्न सकिन्छ ।
सन् २०१८ मा उपलब्ध हुने यो टिभीमा कम्पनीले बिक्सबी सर्पोट दिनेछ ।
SHARE YOUR THOUGHTS