नयाँ सडकमा स्वचालित कार पार्किङको सम्भाव्यता अध्ययन « Eglish Khabarhub

नयाँ सडकमा स्वचालित कार पार्किङको सम्भाव्यता अध्ययन


१५ पुस २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । नयाँ सडकमा निर्माण गर्न लागिएको एकै पटकमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।

व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस्तो पार्किङ स्थल बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अध्ययनको जिम्मा युनिभर्सल होल्डिङ नेपालले पाएको छ ।

अध्ययन पूरा गरेपछि कापमाले निर्माणको काम सुरु गर्नेछ । पार्किङ निर्माण गरेसँगै सडकमा हुने ट्राफिक चाप व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ स्थल बनाउन करिब रु एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त भवनमा दुई तलाको भूमिगत पार्किङ समेत हुनेछ ।

सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँ सडक, पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ स्थल  बनाइने छ ।

मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नं थिचेपछि लिफ्टबाट नै तलमाथि गर्न सकिन्छ ।  रासस

प्रकाशित मिति : १५ पुस २०७३, शुक्रबार ००:००  ११ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping