नेपाल टेलिकमको फोरजी आजदेखि, पोस्टपेडधनीले मात्र चलाउन पाउने « Eglish Khabarhub

नेपाल टेलिकमको फोरजी आजदेखि, पोस्टपेडधनीले मात्र चलाउन पाउने


१७ पुस २०७३, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल टेलिकमले आजदेखि औपचारिकरुपमा फोरजी/एलटिई (4G/LTE) प्रविधिको शुरुवात गरेको छ । कम्पनीले एक कार्यक्रमका बिच फोरजी प्रविधि सेवा शुरु गरेको घोषणा गरेको हो ।

कम्पनीले हाल नेपाल टेलिकमका पोस्टपेड मोबाइल फोन प्रयोगकर्ताहरुका लागि मात्र फोरजी सेवा दिने जानकारी दिएको छ । टेलिकमले १८०० मेगाहर्ज व्याण्डमा ५ मेगाहर्ज लिएर फोरजी सेवा शुरु गरेको हो । हाल यो सेवा काठमाडौं उपत्यका भित्र तथा पोखराका केहि क्षेत्रहरुमा मात्र उपलब्ध हुनेछ । कार्यक्रमका टेलिकमका मोबाइल सेवा निर्देशनालयका निर्देशक अशोक कुमार थापाले हाल ३२.४ मेगाबाईट प्रति सेकेण्डमा डाटा प्रयोग गर्न सकिने गरि सेवा शुरु गरेको बताए । उनले भने, “हामीले १८०० मेगाहर्जमा हाल दुईवटा मुख्य शहरहरुमा फोरजी दिएपनि आगामी दिनमा १४ वटै उपमहानगरपालिकामा सेवा बिस्तार गर्नेछौं ।”

उनका अनुसार हाल यो सेवा काठमाडौंका इन्द्रायणी, गोकर्ण रिजोर्ट क्षेत्र, भक्तपुरको केहि क्षेत्रका साथै पोखराको लेकसाइड र न्यूरोड क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ ।

कार्यक्रममा बोल्दै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रविधिबाट जनताहरुलाई बन्चित गर्न नहुने भन्दै टेक्नोलोजी न्यूट्रालिटि शुरु गरिएको जानकारी दिए । उनले भने, “हामी आगामी दिनमा ७०० र २६०० मेगाहर्जको ब्याण्डविथमा भने अक्सन गरेर मात्र दिनेछौं ।” अध्यक्ष झाले फोरजीको कभरेज बढाउनुपर्ने भन्दै ग्रामीण दूरसंचार कोषको रकम प्रयोग गरेर मध्य पहाडि राजमार्गमा अप्टिकल फाइबर बिछ्याएको जानकारी पनि दिए । उनकाअनुसार आगामी २ वर्षभित्र नेपालभर वृहतरुपमा ब्रोडब्याण्ड नेटवर्क पुग्नेछ ।

हाल ३२.४ मेगाबाईट प्रति सेकेण्डमा डाटा प्रयोग गर्न सकिने

सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले हाल सूचना तथा प्रविधि नेपालको समग्र विकाससँग आबद्ध हुन नसकेको बताए । उनले भने, “यो पैसा कमाउने माध्यम मात्र भएको छ ।”

उनले हुलाकलाई परिवर्तन गर्दै कम्यूनिटी इन्फर्मेसन सर्भिस सेन्टरमा परिवर्तन गर्ने योजना रहेको बताउँदै हुलाकमार्फत रेमिट्यान्स तथा वृद्ध भत्ता बाँड्ने बताए ।

सूचना तथा संचार सचिव महेन्द्रमान गुरुंगले प्रविधिमा आधारित सरकारी सेवाहरु सुचारु गर्नुपर्ने बताए ।

कम्पनीले हाल पोस्टपेडमा मात्र यो सेवा उपलब्ध भएपनि टेलिकमको वार्षिकोत्सव माघ २२ गतेदेखि प्रिपेडमा पनि यो सेवा संचालन गर्ने जानकारी दियो । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले भनिन्, “हामी प्रिपेडमा फोरजी सेवा बिस्तरा गर्दै कर्मशियल लन्च गर्नेछौं ।”

कार्यक्रमपछिको पत्रकार सम्मेलनमा मोबाइल सेवा निर्देशनालयका निर्देशक थापाले हाल काठमाडौंभर ३०८ वट बिटिएस टावर फोरजीमा आधारित रहेको तथा २५ वटा बिटिएस टावर पोखरा क्षेत्रमा राखिएको जानकारी दिए । “हामी काठमाडौंमा थप ७९ वटा फोरजी सेवाका लागि बिटिएस टावर थप गर्दैछौं,”उनले भने ।

एन्ड्रोयडमा आधारित फोरजी प्रविधिसहितका स्मार्टफोनहरुमा सेवा प्रयोग गर्न सकिन्छ

टेलिकमका अनुसार ह्वावे टेक्नोलोजीको प्रविधिमा आधारित रहेर फोरजी सेवा संचालन गरिएको छ जसको कुल लागत ३.६ मिलियन अमेरिकी डलर रहेको छ ।

हाल बजारमा भएका अधिकांश एन्ड्रोयडमा आधारित फोरजी प्रविधिसहितका स्मार्टफोनहरुमा सेवा प्रयोग गर्न सकिन्छ भने एप्पलको आईफोन सिक्स तथा सेभेन संस्करणभन्दा तलका अर्थात आइफोन फोर तथा फाइभ संस्करणमा प्रयोग गर्न सकिन्छ । छिटै आइफोन सिक्स तथा सेभेनमा पनि फोरजी प्रयोग गर्न सकिने गरि कम्पनीसँग कुराकानी भईरहेको जानकारी पनि दिईयो ।

बजारमा भएका मध्ये १८०० मेगाहर्जको ब्याण्डविथमा आधारित स्मार्टफोनहरुमा प्रयोग गर्न सकिने तर बाहिरबाट आउने अन्य ब्याण्डका फोनहरुमा भने फोरजी चल्न नसक्ने बताईएको छ ।

यो प्रविधि प्रयोग गर्नका लागि प्रयोगकर्तासँग युनिभर्सन सिम हुनुपर्नेछ, पुराना सिम प्रयोगकर्ताहरुले भने नयाँ सिम किनेरमात्र फोरजी चलाउन सक्नेछन् ।

हाल टेलिकमका ३ लाख ५० हजार पोस्टपेड ग्राहकहरु रहेका र यसमध्ये करिब १ लाख ५० हजार प्रयोगकर्ताहरुसँग मात्र फोरजी चलाउन मिल्ने मोबाइल रहेको जानकारी दिईयो ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु१ प्रति मेगावाइटमा सेवा प्रयोग गर्न सक्नेछन भने पोस्टपेड प्रयोगकर्तालाई पहिलो ४ दिनसम्म ४ जीबीको डाटा छुट दिने जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७३, आइतबार ००:००  ५ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping