ब्रिक्स मुलुकका नेतालाई सन्देश पठाउदै चिनियाँ राष्ट्राध्यक्षले सम्झाए छलफलका ४ मुख्य विषय « Eglish Khabarhub

ब्रिक्स मुलुकका नेतालाई सन्देश पठाउदै चिनियाँ राष्ट्राध्यक्षले सम्झाए छलफलका ४ मुख्य विषय




काठमाडौं । जनवरी एक तारिखदेखि ब्रिक्स मुलुकको अध्यक्ष मुलुक बनेको हैसियतमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमा, ब्राजिलका राष्ट्रपति मिछेल तेमेर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएका छन् ।

सन्देशमा राष्ट्राध्यक्ष सीले अध्यक्ष मुलुकको कार्यावधिमा चीनले ब्रिक्स मुलुकहरु बीचको सहयोगलाई अघि बढाउने योजनाबारे जानकारी दिएका छन् । सन् २०१७ को सेप्टेम्बरमा फुच्यान प्रान्तीय स्यामन शहरमा ब्रिक्स मुलुक नेतागणको नवौं सम्मेलनको आयोजना हुने भएको छ ।

सन् २०१७ नै ब्रिक्स मुलुक बिचको सहयोग शुरु भएको दोस्रो दश वर्षको शुरुआत हो । ब्रिक्स मुलुक समूहको अध्यक्ष मुलुक चीनले विभिन्न सदस्यसँग मिलेर ‘साझेदारी सम्बन्धलाई गहन पार्दै अझ उज्वल भविष्य सिर्जना गर्ने अपेक्षा गरौं’ भन्ने मुख्य विषयसूचीमा केन्द्रीत गर्ने पनि राष्ट्राध्यक्ष सीले औंल्याएका छन् ।

सन्देशमा उल्लेख गरिएको छः स्यामन भेट वार्तामा केन्द्रित मुख्य क्षेत्रहरु यस प्रकार छनः एक, वस्तुगत सहयोगलाई गहन पर्दै साझा विकासको प्रवर्द्धन गर्नु । दुई, विश्वको दृष्टिकोणबाट संचालनलाई सबल गर्दै चुनौतीको संयुक्त सामना गर्नु । तीन, मानबीय आदानप्रदान गर्दै जनमतको आधारलाई बलियो बनाउनु । चार, प्रणालीको निर्माणलाई अघि बढाउँदै अझ व्यापक साझेदारी सम्बन्धको स्थापना गर्नु ।

Publish on: