एनआईसी एशियाले ल्यायो कार्डको प्रयोग गरेर सामान किन्दा ५ सयसम्म फिर्ता हुने योजना « Eglish Khabarhub

एनआईसी एशियाले ल्यायो कार्डको प्रयोग गरेर सामान किन्दा ५ सयसम्म फिर्ता हुने योजना



काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनी पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ । बैंकले यो योजना फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिना संचालन हुने जनाएको छ ।

यस योजना अन्तर्गत बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी ५ सय रुपयाँसम्मको नगद फिर्ता पाउने छन् ।

यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुनुहुने विश्वास बैंकले लिएको जानकारी दिएको छ ।

हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५१८ वटा पिओएस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको तथा यस्ता योजनाहरुबाट ग्राहकवर्गहरूलाई आगामी दिनमा थप सुविधा प्रदान गर्दै लैजाने नीति बैंकले लिएको जानकारी दिएको छ ।

Publish on: